

२० चैत्र २०८०, बुधबार
चैत्र-२१, काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी शनिवार त्रिशूली नदीमा खस्दा बेपत्ता भएका एक युवक चारदिन पश्चात मृत अवस्थामा भेटिएको छ।
इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए ।
बेपत्ता भएका १८ वर्षीय दिवस रोकाको दुर्घटना स्थलबाट करिब ४ किलोमिटर टाढा कालीखोला भन्ने स्थानमा त्रिशुली नदीमा डुबिरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।