× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई प्रदान

    २ वर्ष पहिले

    असोज-१९, यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई प्रदान गरिने भएको छ।

    ५१ वर्षीया नरगिसले इरानमा महिलाको पक्षमा र मानवअधिकारको संरक्षणका लागि गरेको कामका लागि प्रदान गर्न लागिएको नोबेल कमिटिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ।

    पछिल्लो १२ महिनामा शान्ति स्थापना वा प्रवर्द्धनमा उत्कृष्ट कार्य गर्ने व्यक्ति वा संस्थालाई यो पुरस्कार दिइने गरिन्छ।

    नोबेल पुरस्कार भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्सा, साहित्य र शान्तिका विधामा दिइन्छ।