× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    भारतमा निर्माण भएको आईड्रपमाथि अमेरिकामा प्रतिबन्ध, ५५ जनामा संक्रमण, अन्धोपन र अन्य समस्या तथा एक जनाको मृत्यु भएको आरोप

    २० चैत्र २०७९, मंगलवार

    २० चैत्र २०७९, मंगलवार

    चैत्र-२१,भारतमा निर्माण भएको एक आईड्रपमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ। अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले भारतमा बनेको उक्त आईड्रप प्रयोग नगर्ने सावधानीको सूचना समेत जारी गरेको छ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकामा उक्त आईड्रपका कारण ५५ जनामा संक्रमण, अन्धोपन र अन्य समस्या पाइएको छ। एक जनाको मृत्यु समेत भएको बताइएको छ।

    उक्त आईड्रप भारतको ग्लोबल फर्मा हेल्थकेयर प्राइभेट लिमिटेडले बनाउँछ। यसले उत्पादन मापदण्ड समेत उल्लंघन गरेको बताइएको छ।

    चेन्नइस्थित उक्त कम्पनीले बुधबार अमेरिकामा रहेको सबै स्टक फिर्ता मागेको छ। भारत सरकारले उक्त कम्पनीमा एउटा टिम पठाएको छ। गत वर्ष भारतीय कफ सिरफका कारण गाबियामा ७० बच्चाको मृत्यु भएको थियो।