

१५ फाल्गुन २०७९, मंगलवार
फागुन-१६, तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ५ लाब्दीमा छिम्केश्वरी पर्यटन, साहित्यिक तथा सांस्कृतिक मेला हुने भएको छ।
” छिम्केश्वरी जाऔं! राष्ट्रिय फुल लालिगुराँस संगै होली मनाऔं !!” भन्ने नाराका साथ आँबुखैरेनी गाउँपालिका अन्तर्गतको वाङमय परिषदद्वारा मिति २०७९ फागुन २२ गते फागु पुर्णिमाको दिन विभिन्न प्रतियोगिता, सांगितिक तथा सांस्कृतिक प्रदर्शनी सहित छिम्केश्वरी पर्यटन साहित्यिक तथा सांस्कृतिक मेला आयोजना हुने परिषदका अध्यक्ष अनिल श्रेष्ठले हाइवे समाचारलाई बताउनुभयो।
२१३४ मिटरको उचाईमा अवस्थित गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्य छिम्केश्वरीमा हुने मेलामा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका माननीय मन्त्री रेशम बहादुर जुग्जालीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो।