

१३ पुष २०७९, बिहीबार
पुस-१४, ब्राजिलका विश्वविख्यात फुटबलर पेलेको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलिएको छ।
विगत एक महिनादेखि ब्राजिलको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचाररत पेलेको निधन भन्दै सामाजिक सञ्जालमा नेपालका फुटबल सम्बद्ध व्यक्तिहरूले समेत श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन्।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमले पेलेको स्वास्थ्य अवस्थाबारे कुनै पनि समाचार प्रकाशनमा ल्याएका छैनन्। नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुकमा पेलेको ‘निधन’ भएको भन्दै श्रद्धाञ्जलि दिनेको लहर नै चलेको छ।
सामाजिक सञ्जालमा पछिल्लो समय अनेकौं अफवाह फैलिने गरेका छन्। सन् २०१९ मा समेत पेलेको मृत्युलाई लिएर सामाजिक सञ्जाल मात्र हैन अन्तरराष्ट्रिय मिडियामा समेत समाचार आएका थिए।
नेपालमा पनि भ्रामक पोस्टकै आधारमा केही अनलाइनले समाचार समेत पोस्ट गरेका छन् । केहीले त आफैँले देखे जसरी पत्नीको अंगालोमै बिदा लिए भनेर श्रदाञ्जली दिएका छन् ।
पेलेको बारेमा स्पोर्टिङ्ग न्युजले ७ घण्टा अगाडि एक समाचार दिएको छ । जसमा पेलेले अस्पतालमा रोगसँग जुधिरहेको बताएको छ।
त्यसैगरी अस्पतालमै क्रिसमस मनाउन बसेको छोरी केलीले बावुको अवस्था स्थिर रहेको र आफु आफन्त सँग नयाँ बर्ष मनाउन जाने बताएकी छिन् । पेलेको मृत्युबारे कतै कुनै संकेत समेत नभएको अवस्थामा नेपालमा हल्ला फैलिनु अनौठो देखिन्छ।