× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    राजेशबाबु श्रेष्ठ नेपाल शारीरिक सुगठन तथा फिट्नेश महासंघको तदर्थ समितिको अध्यक्षमा चयन

    ६ पुष २०७९, बिहीबार

    ६ पुष २०७९, बिहीबार

    पुस-७, मनकामना दर्शन प्रालि का संचालक राजेशबाबु श्रेष्ठ नेपाल शारीरिक सुगठन तथा फिट्नेश महासंघको तदर्थ समितिको अध्यक्षमा चयन भएको छ।

    राष्ट्रिय खेलकुद परिषदले नेपाल शारीरिक सुगठन तथा फिट्नेश महासंघमा राजेशबाबु श्रेष्ठको नेतृत्वमा २७ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

    यसअघि एकै प्रकृतिका दुई शारीरिक सुगठन सम्बन्धी संगठन अस्तित्वमा थिए ।

    परिषद्ले नेपलिज फेडेरेशन अफः विडविल्डिङ एण्ड फिटनेस संघको दर्ता खारेज गरी नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघलाई मान्यता दिएको हो ।

    यसअघि श्रेष्ठ नेपाल शारीरिक सुगठन तथा फिटनेश संघकाे अध्यक्षका रूपमा कार्यरत रहेका थिए।