× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    फिफा विश्वकप फाइनलको समापन कार्यक्रममा भारतीय अभिनेत्री नोरा फतेहीले नृत्य गर्ने

    २ पुष २०७९, आईतवार

    २ पुष २०७९, आईतवार

    पुस-३, कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फाइनल खेलअघि हुने समापन कार्यक्रममा भारतीय अभिनेत्री नोरा फतेहीले नृत्य गर्ने भएकी छिन्।

    नेपाली समयअनुसार बेलुकी ६:४५ बाट सुरु हुने उक्त समारोहमा हुने सांस्कृतिक कार्यक्रममा नोराको समेत प्रस्तुति रहने बताइएको छ।

    आइतबारको राति विशेष हुने उल्लेख गर्दै फिफाले विश्वका चर्चित कलाकारसँग नोराको समेत नृत्य रहने ट्विटरमार्फत् सार्वजनिक गरेको छ।

    संगीतकार डेभिडो र आइशाका साथै गायक ओजुना र र्‍यापर गिम्स, बालक्वीज, रहमा रिया र मनालको प्रस्तुति रहने भनिएको छ।

    आइतबार विश्वकप २०२२ अन्तर्गतको अन्तिम खेल हुँदैछ। फ्रान्स र अर्जेन्टिनाले उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन्।