× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई

    ४ वर्ष पहिले

    असोज-२४,रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई दिने गर्ने घोषणा गरेको छ।

    सोमबार अल्फेर्ड नोबेलको स्मृतिमा सेभिरेज रिक्सबैंकले बेन एस बर्नान्के, डग्लस डब्लु डायमन्ड र फिलिप एच डिबभिगलाई संयुक्त रूपमा उक्त पुरस्कार दिने घोषणा गरेको छ। बैंक र वित्तीय संकटहरूमा अनुसन्धानका लागि योगदान पुर्‍याएको भन्दै यो वर्षको नोबेल पुरस्कार दिन लागिएको हो।

    आधुनिक बैंकिङ अनुसन्धानले हामीसँग किन बैंकहरू छन्, तिनीहरूलाई संकटमा कसरी कम जोखिममा पार्ने र कसरी बैंकको पतनले वित्तीय सङ्कटलाई बढाउँछ भन्ने कुरा स्पष्ट पार्ने पनि विज्ञप्तिमा जनाइएको छ।

    यस अनुसन्धानको आधार बेन बर्नान्के, डगलस डायमन्ड र फिलिप डिब्भिगले सन् १९८० को दशकको सुरुमा नै राखेका थिए। उनीहरुको विश्लेषण वित्तीय बजार नियमन र वित्तीय संकट सामना गर्न धेरै व्यावहारिक महत्त्व भएको पनि उल्लेख गरिएको छ।