× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    रोजगारीको लागि यूएई पुगेका भरत बिकलाई ‘महजुज ड्र’ मार्फत ३५ करोड रूपैयॉ रकम चिट्ठा पर्यो

    ५ आश्विन २०७९, बिहीबार

    ५ आश्विन २०७९, बिहीबार

    असोज-६, संयुक्त अरब इमिरेट्स युएईमा रोजगारका लागि गएका गुल्मीका भरत बिकलाई ३५ करोड रूपैयॉ बराबरको चिट्ठा परेको छ।

    ३ वर्षअघि रोजगारीको लागि यूएई पुगेका ३१ वर्षीय बिकलाई ‘महजुज ड्र’ मार्फत पहिलो विजेता बनेर १ करोड दिराम अर्थात नेपाली ३५ करोड रूपैयॉ रकम चिट्ठा परेको हो।

    यूएईको एक कम्पनीमा महिनाको १३०० दिराम तलबमा कार सरसफाइको काम गर्ने मजदुर रहेका बिकले सो लक्की ड्र मार्फत ठुलो धनराशी हात पार्न सफल भएको अन्तर्राष्ट्रिय समाचार संस्था द नेशनलले जनाएको छ।

    सम्बन्धित शीर्षकहरु