× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव, हिमाली र पहाडी भुभागमा चट्याङ्ग सहित वर्षा, तराईमा हावाहुरीको सम्भावना

    १० आश्विन २०८३, आईतवार

    १० आश्विन २०८३, आईतवार

    असोज-११,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश वरपर रहेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव परेको छ। यसका कारण आज देशभर आंशिकदेखि साधारणतया बदली भई विभिन्न भागमा वर्षा भइरहेको छ।

    आज दिउँसो

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा कोशी, मधेस र बागमती प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू भागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा, बागमती र गण्डकी प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा कोशी र मधेस प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

    आज राति

    सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका थोरै स्थान, मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

    सम्बन्धित शीर्षकहरु