× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    हाइवे अपडेट:अविरल वर्षाले देशका मुख्य राजमार्ग छिन्नभिन्न

    ९ आश्विन २०८३, शनिबार

    ९ आश्विन २०८३, शनिबार

    असोज-१०,अविरल वर्षाले देशका मुख्य राजमार्ग छिन्नभिन्न भएका छन्। वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका विभिन्न स्थानमा पहिरो र बाढीले सडक अवरुद्ध भएका छन्।

    कृष्णभिर तथा अन्य स्थानहरूमा गएको पहिरो तथा सडक भासिएको कारण देशकै लाइफलाइन सडकको रुपमा रहेको पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

    रामेछापको मन्थली नगरपालिका–६ हातिटारमा मन्थली–खुर्कोट सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

    ललितपुरको बागमती गाउँपालिकास्थित भट्टेडाँडा र गोदावरी नगरपालिकाको बिखेंधारामा असोज ९ गते बिहानै गएको पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। बागमती प्रदेशका अन्य जिल्लाहरूको अवस्था पनि उस्तै छ।

    कोशी प्रदेशमा पनि बाढी र पहिरोले ठूलो असर पुर्‍याएको छ। ओखलढुंगाको मानेभञ्ज्याङस्थित भँडारे खोलामा आएको बाढीले सिद्धिचरण राजमार्ग अवरुद्ध भएको छ।

    पाँचथरको नावाखोला र दोभाने खोलामा बाढी र पहिरो आएपछि तमोर करिडोर र मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द भएका छन्।

    मनाङको नासो गाउँपालिका–३ खोत्रोमा चामे बेसीसहर सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

    म्याग्दी रघुगंगा गाउँपालिका–२ बैसरीमा बेनी–जोमसोम सडकखण्ड पहिरो अवरुद्ध हुँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।म्याग्दीकै अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर–बेनी–जोमसोम सडकमा पनि पहिरो गएको छ ।

    यस्तै, काभ्रेपलाञ्चोकको रोशी र धुलिखेलमा गएको पहिरोले बीपी राजमार्ग र अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएका छन्।

    यसैगरी, रसुवा र नुवाकोटका मुख्य राजमार्गहरू भदौ महिनादेखि नै बाढी र पहिरोका कारण अवरुद्ध छन्।