

३१ भाद्र २०७९, शनिबार
असोज-१, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसको सातौँ वर्षगाँठका अवसरमा शनिबार काठमाडौँमा वाकाथन (पदयात्रा) को आयोजना गरेको छ।
‘संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा’का साथ गरिएको पदयात्रामा अध्यक्ष केपी शर्मा ओलीलगायत एमालेका शीर्ष नेता सहभागी भएका छन् ।
ललितपुरको कुपण्डोल, काठमाडौँको कालीमाटी, नयाँ बानेश्वर, मैतीदेवी र लैनचौरबाट पदयात्रा सुरु भएर शहीद गेटमा जम्मा भएको थियो ।
संविधान दिवस साझा राष्ट्रिय दिवस भएको भन्दै कार्यक्रममा सहभागीले पार्टीको झण्डा, ब्यानर नबोकी नेपालको राष्ट्रिय झण्डा र नक्सा बोकेका हुन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली शहिदगेटबाट उक्त र्यालीमा सहभागी हुनुभएको थियो भने अन्य नेताहरु विभिन्न ठाउँबाट र्यालिको नेतृत्व गर्दै बसन्तपुर पुग्नुभएको हो। बसन्तपुरमा पुगेको भेलालाई अध्यक्ष ओलीले सम्बोधन गरेर समाप्त भएको छ।