× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भरतपुरको नारायणी नमूना माविमा ‘स्मार्ट एटेन्डेन्स सिस्टम’ प्रयाेग, अभिभावकले घरबाटै विद्यालय पुगेको र विद्यालयबाट फर्किएको जानकारी पाउने

    २५ भाद्र २०७९, आईतवार

    २५ भाद्र २०७९, आईतवार

    भदौ -२६, चितवन भरतपुरको नारायणी नमूना माविले ‘स्मार्ट एटेन्डेन्स सिस्टम’ प्रयाेगमा ल्याएकाे छ । याे प्रणालीमार्फत विद्यालयको प्रवेशद्वारमा विद्यार्थी पुग्नासाथ अभिभावकलाई एसएमएस पुग्छ ।

    चितवनकै उत्कृष्ठ सामुदायिक विधालय मध्ये एक रहेको यस विद्यालयमा करिब चार हजार विद्यार्थी अध्ययनरत छन् ।

    विद्यार्थीकाे हाजिरीलाई वैज्ञानिक तवरले व्यवस्थापन गर्न यो सेवा सुरू गरिएकाे विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले बताए ।

    याे एटेन्डेन्स सिस्टम एम्बेडेड सोलुसन नेपाल प्रालिले तयार पारेको हाे । साे कम्पनीले बनाएकाे ‘अध्यापन’ सफ्टवेयर अन्तर्गतको एटेन्डेन्स सिस्टममार्फत यो सेवा उपलब्ध गराइएकाे हाे ।

    “याे प्रणाली अन्तर्गत विद्यार्थी परिचयपत्र (स्टुडेन्ट आईडी कार्ड) मा चिप प्रयोग गरिन्छ,” एम्बेडेड सोलुसन नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण पोखरेलले भने, “विद्यालयको गेटमा राखिएकाे स्क्यानरबाट विद्यार्थीको कार्ड स्क्यान गरिसकेपछि अभिभावकलाई स्वतः विद्यार्थी विद्यालय पुगेको मेसेज पुग्छ ।”

    हाल २५ सय बढी विद्यार्थीलाई चिपयुक्त कार्ड वितरण गरिएकाे विद्यालयका प्रधानाध्यापक दवाडीले जानकारी दिए ।

    यो प्रविधिले गर्दा अभिभावकलाई घरबाटै आफ्ना सन्तान विद्यालय पुगेको र विद्यालयबाट फर्किएको जानकारी हुन्छ ।

    साथै उक्त कम्पनीले विद्यालयको बसमा जीपीएस जडान पनि गरेको छ, जसका माध्यमबाट अभिभावक तथा शिक्षकले बस कहाँ आइपुग्यो भनेर मोबाइलबाटै ट्रयाक गर्न सक्छन् ।

    सम्बन्धित शीर्षकहरु