× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    अनिल परियार कानेको हत्यामा आरोपित फरार प्रतिवादी हेमन्त गैरे पक्राउ

    ४ वर्ष पहिले

    भदौ-२४, चितवन प्रहरीले अनिल परियार कानेको हत्यामा आरोपित फरार प्रतिवादी हेमन्त गैरेलाई पक्राउ गरेको छ ।

    रुपन्देही प्रहरीको सहयोगमा भरतपुर महानगरपालिका–१५ बस्ने ३२ वर्षीय गैरेलाई चितवन प्रहरीले पक्राउ गरेको हो । उनलाई रुपन्देहीको सिद्धार्थ नगरपालिका–१ बेलहियास्थित लुकीछिपी हिडि रहेको अवस्थामा विहीबार विहान पक्राउ गरिएको हो । गैरेलाई आज विहान १० बजे चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

    स्थानीय तहको निर्वाचन नजिकिदो अवस्थामा गत वैशाख २५ गते साँझ ७ः३० बजेको समयमा भरतपुर–७ कृष्णपुरस्थित पंचेश्वर नगर प्लटिङको भित्री सडकमा कानेलाई धारिलो हतियार प्रहार गरि हत्या गरिएको थियो । सोही घटनामा संलग्न रहेका गैरे फरार रहेका थिए ।

    यस घटनामा संलग्न केही आरोपित पूर्पपक्षका लागि थुनामा रहेका छन् । सो घटनामा संलग्न अन्य आरोपितहरुको खोजकार्य जारी राखेको चितवन प्रहरीले जनाएको छ ।