

४ महिना पहिले
कार्तिक-२३, मुग्लिन । पृथ्वी राजमार्गको मुग्लिनबाट पोखरा तर्फ जाँदा त्रिशुली नदि माथि बनाइएको नेपालकै पहिलो आर्कब्रिज जोखिमपूर्ण अवस्थामा पुगेको छ ।
नेपाली इन्जिनियरहरुले डिजाइन गरेका यो नमुना पुलको मुग्लिन तर्फको जगको वरिपरी केही समय अघि परेको पानीले भासिदा पुल नै जोखिम पूर्ण अवस्थामा पुगेको छ।
पुल निर्माण भएको दुई वर्षमा नै जगको वरिपरि लगाइएको ग्याविन जाली पहिरिएर भत्किएको थियो।यसै हाइवे समाचारमा प्रकाशित समाचारपछि सो स्थानमा मर्मत गरिएको थियो तर मर्मत गरेको ५ वर्ष नपुग्दै पुन सो स्थानमा पहिरो गएर पुल नै जोखिमपूर्ण अवस्थामा पुगेको छ ।
हाल पैदलयात्रु हिड्ने बाटो मात्र पहिरिएको भएपनि पानी पर्दा बगेको पानी सिधैं पुलको जगमा ठोक्किने भएकोले त्यसले पुललाई असर पारिरहेको छ।
नेपालले आफ्नो लगानी, प्रविधि र दक्षता प्रयोग गरि निर्माण गरेको १६० मिटर लामो पुल इलाईट एड्भेन्चर लोहनी जेभीले १२ करोडको लागतमा निर्माण गरेको हो। १२० मिटरको आर्क निर्माण गरिएको यो पुल २०७६ सालबाट सञ्चालनमा आएको हो ।