× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेवा संस्कृति र लबजमाथि ब्यंग्य गरेको आरोपमा कमेडियन अपूर्व क्षितिज सिह पक्राउ

    ११ भाद्र २०७९, आईतवार

    ११ भाद्र २०७९, आईतवार

    भदौ-१२,नेवा संस्कृति र लबजमाथि ब्यंग्य गरेको भन्दै स्ट्याण्ड अप कमेडियन अपूर्व क्षितिज सिहलाई प्रहरीले पक्राउ गरेको छ । सिंहलाई आइतबार पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ।

    पक्राउ परेका कमिडियनलाई जुत्ता चप्पल देखाउदै नेवा समुदाय

    कमेडि क्याफे नामक युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा सिंहले नेवार समुदायको कला, संस्कृति र लवजमाथि ब्यंंग्य गरेका थिए । उक्त विषयलाई लिएर शुक्रबार नेवार समुदायले सिंह विरुद्ध उजुरी दिएका थिए ।

    उजुरीपछि सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई हिरासतमा राखेर अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

    आफ्नो प्रस्तुतीलाई लिएर आलोचना भएपछि सिंहले माफी माग्दै युट्युबबाट भिडियो हटाइसकेका छन् । उनले कसैमाथि अपमान गर्ने उद्देश्य नभएर रमाइलोका लागि मात्रै व्यंग्य गरेको प्रतिक्रिया दिएका छन् ।

    सम्बन्धित शीर्षकहरु