× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    सन्दीपले श्रीलंका प्रिमियर लिगमा खेल्ने, पारिश्रमिक वापत ५० लाख पाउने

    ४ वर्ष पहिले

    असार-२१,नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने लंका प्रिमियर लिग (एलपीएल) खेल्ने भएका छन्।

    उनले डम्बुल्ला जायन्ट्सबाट एलपीएल खेल्ने भएका हुन्। श्रीलंकामा जारी ड्राफ्टमा सन्दीपलाई डम्बुल्लाले इन्टरनेशन डाइमण्डको समूहबाट ४० हजार डलर अर्थात् (५० लाख ७६ हजार नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो।

    अक्सनमा १८० विदेशीसहित ३५३ खेलाडी छन्। एलपीएलमा पाँच फ्रेन्चाइजी टोली छन्। प्रतियोगिता २०२२ जुलाई ३१ जुलाई देखि २१ अगस्टसम्म श्रीलंकामा हुनेछ।

    गत वर्ष पनि सन्दीप ड्राफ्टमा परेका थिए। तर, उनी छनोट हुन सकेका थिएनन्। आयोजक श्रीलंका क्रिकेटले यस सिजनका लागि ड्राफ्टमा परेका खेलाडीको नाम सार्वजनिक गर्दै सन्दीपको नाम पनि समावेश गरेको जनाएको थियो।