

४ वर्ष पहिले
बैशाख-२०, चितवनको इच्छाकामना मुग्लिनमा ट्रक र माइक्रोबस हाइस एक आपसमा ठोक्किँदा ४ जना घाइते भएका छन्।

मुग्लिनको चोकमा नारायणगढ देखि काठमाडौं जाँदै गरेको ना.५ ख ९६०३ नंम्बरको मालवाहक ट्रक र काठमाडौं बाट पोखरा जाँदै गरेको बा२ख १२४४ नंवरको माइक्रो हाइस एक आपसमा ठोक्किँदा ४ जना सामान्य घाइते भएका छन्।

दुर्घटनामा परेर घाइते भएकाहरुलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ।

ट्रक र माइक्रोबस एक आपसमा ठोक्किँदा ट्रक नजिकै को घर अगाडिको नालीमा पुगेको थियो भने माईक्रोबस १० मिटर पर हुत्तिन पुगेको थियो ।