× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ललितपुरमा अक्सिजन प्लान्टमा विस्फोट, एकको मृत्यु, ७ घाइते

    ४ वर्ष पहिले

    बैशाख-८,ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको एक अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको ज्यान गएको छ। ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट बिहीबार बिहान विस्फोट हुँदा एक जनाको ज्यान गएको हो।

    बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। विष्फोटमा परी ७ जना घाइते हुनुका साथै एक जनाको ज्यान गएको छ।

    अक्सिजन भर्ने क्रममा विष्फोट भएको बताइएको छ। मृतक भारतीय नागरिक रहेका छन्। घाइतेको उपचारको लागि पाटन अस्पताल लगिएको छ।

    एक जनाको अवस्था गम्भीर छ। घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ।