× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड

    ४ वर्ष पहिले

    चैत-३,पोल्याण्डकी सुन्दरी क्यारोलिना बिलावस्काले मिस वर्ल्ड २०२१ को उपाधि जितेकी छिन् ।

    अघिल्लो संस्करण का विजेता टोनी एन सिंहले २३ वर्षीया क्यारोलिनालाई करेक्शन नाइटमा ताज पहिराइदिएकी थिइन् ।

    फस्ट रनर अप भारतिय मुलकी अमेरिकी सुन्दरीश्री सैनी

    पोर्टो रिकोमा भएको ७० औं मिस वर्ल्ड प्रतियोगितामा अमेरिकी सुन्दरी श्री सैनी फस्ट रनर अप भइन् भने पश्चिम अफ्रिकी देश आइभरी कोस्टकी ओलिभिया येस सेकेन्ड रनरअप भइन्।

    सेकेन्ड रनरअप ओलिभिया येस

    यसअघि नै सेमिफाइनल पुगेका र निर्णायकले छनोट गरेका २५ जनासहित ४० जनाले फाइनल राउन्डमा सहभागीता जनाएका थिए।

    नेपालबाट प्रतिस्पर्धा गरेकी नम्रता श्रेष्ठ भने टप ३० मै सीमित भइन्।