× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक बिदा

    ४ वर्ष पहिले

    फागुन-१९,ग्याल्पो ल्होसारको अवसरमा सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ।

    गृह मन्त्रालयले बुधबार सूचना प्रकाशित गरी मन्त्रिपरिषद्‌को १६ फागुनमा बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।

    सूचना भनिएको छ, ‘ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्‌बाट मिति २०७८/११/१६ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”

    ग्याल्पो ल्होसार शेर्पा समुदाय तथा बौद्ध धर्मावलम्बीको प्रमुख चाड हो।यो चाड नेपाल लगायत सिक्किम र दार्जीलिङमा समेत मनाउने गरेको छ।