× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय

    २ दिन पहिले

    असोज-१८, अविरल वर्षासँगै बढेको विपद् जोखिमका कारण गृह मन्त्रालयले भोलि र पर्सि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

    जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् जोखिमको जानकारी सार्वजनिक गरेका छन् । अति भारी वर्षासँगै पहिरो, डुबान, बाढी, भूक्षयको जोखिम रहेको छ । यसले यातायात तथा जनजीवनमा असर पर्ने भएकाले विशेष सतर्कता अपनाउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

    मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले जारी गरेको सूचनामा उल्लेख छ, ‘वर्षाका कारणबाट उत्पन्न हुन सक्ने बाढी, डुबान, भूक्षय र सडक यातायात अवरोधका सम्भावनालाई मध्यनजर गर्दै असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।’

    सार्वजनिक बिदाको अवधिमा विपद् व्यवस्थापन र अत्यावश्यक सेवा सञ्चालनमा संलग्न सरकारी कार्यालय खुला रहने मन्त्रालयले जनाएको छ ।