× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    बेलायतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरुवातको आशंका, स्वास्थ्य मन्त्रीलाई पनि कोरोना संक्रमण

    २ श्रावण २०७८, आईतवार

    २ श्रावण २०७८, आईतवार

    साउन-३,बेलायतमा कोरोना भाइरसको संक्रमणको तेस्रो लहरको सुरुवात भएको विज्ञहरुले बताएका छन् ।

    वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा बेलायमा थप ५४ हजार ६७४ जनामा कोरोना पुष्टि भएको छ।सोही अवधिमा कोरोनाका कारण बेलायतमा ४१ जनाले ज्यान गुमाएका छन्।

    गत जनवरी १५ पछि बेलायतमा एकैदिन ५० हजारभन्दा बढी कोरेना संक्रमित थपिएको थिएन। ‌पछिल्लो दुई दिन लगातार ५० हजार नयाँ संक्रमित थपिएका छन् ।

    त्यसैगरी बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविद संक्रमण पुष्टि भएको बिबिसीले उल्लेख गरेको छ ।

    खोपको दुवै मात्रा लगाएका मन्त्री साजिदले निकै मन्द लक्षणहरु देखिएको पछि पीसीआर जाँच गराउदा शनिबार राति आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।