× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज २०८ औं आदिकवि भानुभक्तको जन्मजयन्ती

    २८ असार २०७८, मंगलवार

    २८ असार २०७८, मंगलवार

    असार-२९,आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती मनाइँदै छ ।

    विक्रम सम्वत १८७१ साल असार २९ गतेका दिन तनहुँ जिल्लाको चुँदी रम्घामा आचार्य ब्राह्मण परिवारमा जन्मनु भएका आदिकवि भानुभक्त आचार्यले ऋषि बाल्मीकिद्धारा संस्कृत भाषामा लिखित रामायणलाई नेपाली भाषामा अनुवाद गरी आम नेपालीको घर–घर र जनजीब्रोसम्म पुर्याएका छन् ।

    आदिकवि भानुभक्त आचार्य नेपाली साहित्य विकासको प्रथमकालका पथप्रदर्शक कवि हुन । उनले नै नेपाली साहित्य लेखनको श्री गणेशायनमः गरेका थिए । प्रश्नोत्तरी–१९१०, भक्तिमाला–१९१०, बधुशिक्षा–१९१९ लगायतका कृतिहरु लेखेर नेपाली साहित्यको जग बसालेका हुन ।

    आज बिहान काठमाण्डौको रानीपोखरीअगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम छ । कोरोना भाइरसको सङ्क्रमण जोखिमका कारण भौतिक दूरी तथा स्वास्थ्यका मापदण्ड पालना गरेर कार्यक्रम हुनेछ । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका ठाउँमा पनि मनाइन्छ । भानुभक्तको विसं १९२५ असोजमा निधन भएको थियो ।