

६ महिना पहिले
असोज-७, चितवनको इच्छाकामना गाउँपालिका–५, स्थित तुइन खोलामा आज अपरान्ह खसेको ठुलो पहिरोका कारण मुग्लिन-नारायणगढ सडक खण्ड केही दिन बन्द हुने संभावना बढेको छ। दिउँसो १ बजेदेखि नै अवरुद्ध बनेको यो सडक खण्ड अपरान्ह ४:५५ बजेको समयमा आजसम्म कै सबैभन्दा ठूलो पहिरो खसेपछि सडक केही दिन सडक बन्द हुने संभावना बनेको हो ।
निरन्तर रूपमा पहिरो झर्ने क्रम नरोकिदा पहिरो पन्छाउन समेत समस्या सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । यसैबीच चितवन प्रहरीले स–साना सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । आज खसेको पहिरोको कारण मुग्लिनमा रोकिएका सवारी साधनलाई वैकल्पिक मार्गहरू प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
गत शुक्रबार साँझ साँझ पहिरो खस्दा करिव ४६ घण्टा यो सडक खण्ड बन्द भएको थियो । केही दिनयता स–साना पहिरो खस्ने क्रम रोकिएको थिएन । दिउँसोदेखि नै सडक बन्द हुँदा हजारौं यात्रु बाटोमै रोकिएका छन् । दशैंको बेला घर जाने यात्रुहरु मर्कामा परेका छन् ।