× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन-नारायणगढ सडकखण्ड २:०० बजे सम्म एकतर्फी संचालनमा आउने

    ८ घण्टा पहिले

    असोज-५,मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरोका कारण बन्द भएको सडक २:०० बजे सम्म एकतर्फी संचालनमा आउने भएको छ।

    शुक्रबार साँझ ७ः१५ बजे पहिरो जाँदा अवरुद्ध भएको सवारी आवागमन आज २:०० बजेसम्ममा संचालन आउने इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहले बताएका हुन्।

    पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा उपकरण प्रयोग गरिएको छ।थप पहिरो नझरे र निरन्तर रूपमा कार्य गर्दा बाधा नभए आज दिउँसो २:००बजेसम्म सवारीसाधन सञ्चालनमा ल्याउन सकिने जनाएको छ ।

    सडक सञ्चालनमा आएपछि सम्पुर्ण सवारी चालकहरुले कडाइका साथ ट्राफिक नियम पालना गरि आवागमनलाई सहज बनाउन पनि अनुरोध गरेको छन्।