× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    संविधान दिवसको अवसरमा एमाले इच्छाकामनाले मुग्लिङ चोकमा दीप प्रज्वलन गर्दै

    ८ घण्टा पहिले

    असोज-३, संविधान दिवसको अवसरमा नेकपा एमाले इच्छाकामना गाउँकमिटिले मुग्लिङ बजार चोकमा दीप प्रज्वलन गर्ने भएको छ।

    आज साँझ ५ बजे दीप प्रज्वलन गरेर संविधान दिवस मनाउने तयारी भएको एमाले इच्छाकामनाका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।

    नेकपा (एमाले) जिल्ला कमिटी चितवनले सात वटै पालिकाले आफ्नो पायक पर्ने ठाउँमा भव्य कार्यक्रमसहित दीप प्रज्वलन गरेर संविधान दिवस मनाउन निर्देशन दिएको थियो।२०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई संविधान दिवसका रुपमा मनाइन्छ ।