

१ दिन पहिले
सिहंदरबार जस्तै
जलेको मन लिएर
सर्वोच्च जस्तै
आगोको लप्कामा लपेटिएर
हिजोआज
रातको सपना
दिनको समाचार
मिसाएर दुवै
प्रतिदिन झसङ्ग बन्छु
नवनिर्माण गर्न
जन्मिएला को रु
हिजोआज
तर्सिरहेछन् जन
एक दुई सन्काहाहरूको रूपले
नोकरशाहहरू
आखिर बनाइरहेछन्
पानीको दूध पोखरी
हरिकिच्च छ
राष्ट्रको दैनिकी
प्रश्न गर्छ आफ्नै मन
केन्द्रीय प्रशासनिक भवन जलिरहँदा
निदाउने सैनिक मुख्यालय
राष्ट्रवादी कि १
रमिते रु
हिजोआज
बोकेपछि राष्ट्रिय झण्डा
छुट छ जे गर्न पनि १
खोलेर काने ओढार
सुनिरहँदा पनि
सुन्न नपाएपछि
स्वतन्त्र न्यायापालिकाको फैसला
नसल्टिएपछि लिपुलेकको विषय
नथालिएपछि आत्मनिर्भर कदम
उदास उदास छु
हिजोआज
चलेको छ लहर
पुस्तान्तरणको डलरे बहस
सत्ता हस्तान्तरणको अवैधानिक खेती
साथमा
धम्कीपूर्व अन्तर्वार्ता छ कतै
कतै स्थापित पत्रकार पनि
लिइरहेछन् अलमले युवाको
सुन्नै लाज लाग्ने ठेट्ने कुरा
मानौं राजनीति गुच्चा खेल हो
चाकरी चम्किसकेको छ
भावी नेताको
तथापि
कतै देखिँदैन आत्मविश्वास
भेटिँदैन सहकार्यको साझा कार्यक्रम
चरम अस्तव्यस्ततामा बितेकै छ
जसरी अघिल्लाले गर्थे
आयो भनेर खोकिएको परिवर्तनको
केही महिनाको ९कु ०शासन
हिजो आज
लाग्न थालेको छ
सरकार भनेको
प्रमाण र आवाज
छोपछाप गरेर
जनताको पसिना पिइरहने
रगतमा रमाइरहने
निरन्तर उत्तराधिकार
एउटा प्रक्रिया हो
हिजोआज
महङ्गीले डामिएका
कृषि उपज कुहाएका
डढेलोको सिर्जनामा नरमाउनेहरू निकाल्न सकिरहेका छैनन्
निर्लज्जहरूको जस्तै
शान्ति सद्भाव ऱ्याली
गाली गलौज भेला
अनि
यस्तै यस्तै
के के बहस
विधान मिच्ने
सेलिब्रेटी खोज्ने
अनौठो कार्यसूची
हरेर बस्ने हामी
गणतन्त्रका उपभोक्ता १