५ घण्टा पहिले
कुरिनटार-इच्छाकामना साहित्य प्रवाहको अध्यक्षमा छन्दवादी कवि कृष्णप्रसाद पोखरेल चयन हुनुभएको छ ।
शुक्रबार सर्वशान्ति मावि कुरिनटारमा सम्पन्न तेश्रो अधिवेशनले पोखरेलको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको हो । पोख्रेल इच्छाकामना साहित्य प्रवाहका संस्थापक अध्यक्ष पनि हुन्।
समितिको उपाध्यक्षमा रामनाथ त्रिपाठी, सचिवमा शंकर सिलवाल, कोषाध्यक्षमा सरस्वती पोखरेल तथा सदस्यहरुमा भगवती अर्याल,रोशन सिलवाल, सावित्री गुरुङ,विर्ख बहादुर आले, दिपक श्रेष्ठ, तूलसादेवी पोखरेल, इन्दिरा सापकोटा,सुदर्शन कट्टेल र रामजी त्रिपाठी रहनुभएको छ।
तेजविलास अधिकारीको संयोजकत्वमा,शिवप्रसाद तिमिल्सिना र सुजन सापकोटाको निर्वाचन मण्डल गठन गरिएको थियो ।
इच्छाकामना साहित्य प्रवाहले अधिवेशन अघि रामायण वाचन प्रतियोगिता, श्रष्टा सम्मान लगायत विभिन्न कार्यक्रम गरि भानुजयन्ती मनाइएको थियो ।
इच्छाकामना साहित्य प्रवाह अध्यक्ष एकराज शर्मा पोखरेलको सभापतित्व तथा इच्छाकामना गाउँपालिका कार्यवाहक अध्यक्ष माया सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न रामायण वाचन प्रतियोगितामा सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारमा कक्षा १२ मा अध्ययनरत छात्र चित्र बहादुर गुरुङ प्रथम, त्रिवेणी वराह मुग्लिनका छात्रा बुद्धिमाया चेपाङ द्धितिय र सर्वशान्तिका दिपिका गुरुङ तृतिय भएका थिए। साथै निल कुमारी चेपाङ, रोशन गुरुङ र मन्जित भण्डारीले सान्त्वना स्थान हासिल गरेका थिए।
कार्यक्रममा श्रष्टा सम्मान अन्तर्गत तूलसीप्रसाद खनाल साहित्यिक पुरस्कार प्रष्ट वक्ता समाजसेवी बलराम त्रिपाठीलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा इच्छाकामना गाउँपालिका वडानं ४ का वडाध्यक्ष एवं विशिष्ट अतिथि रुद्रप्रसाद उप्रेती, साहित्यकार इच्छाकामना प्रवाहका सल्लाहकार तेजविलास अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रम साहित्य प्रवाहका सचिव शंकर सिलवालले सञ्चालन गर्नुभएको थियो ।