× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    साहित्यकार तेजविलास अधिकारीद्वारा लिखित ‘अनिल श्रेष्ठ:केही रचना, केही विवेचना’ समालोचनात्मक कृतिको विमोचन

    ५ महिना पहिले

    असोज-१५, साहित्यकार तेजविलास अधिकारीको नयाँ कृति ‘अनिल श्रेष्ठ:केही रचना, केही विवेचना’ विमोचन भएको छ । कुरिनटार स्थित प्रगती पाठशालाको सभाहलमा अधिकारीको नयाँ समालोचनात्मक कृतिको सार्वजनिक गरिएको हो ।

    विजय दशमीको शुभ अवसरमा विचार चौतारी इच्छाकामनाले आयोजना गरेको शुभकामना आदान प्रदान एवं जेनजी आन्दोलन वर्तमान र भविष्य विषयमा विचार विमर्श कार्यक्रम सम्पन्न गरि दोस्रो सत्रमा स्रष्टा तेजविलास अधिकारीको समालोचनात्मक कृति “अनिल श्रेष्ठ: केही रचना , केही विवेचना”को सार्वजनिकरण गरिएको हो।

    प्रगतिवादी धाराका सशक्त कवि, कथाकार एवं निबन्धकार अनिल श्रेष्ठको सिर्जनाको समलोचना गरिएको सो पुस्तक भुँडी पुराणले प्रकाशन गरेको हो।

    प्रगतिवादी कवि एवं समालोचकको परिचय बोकेको साहित्यकार तेजबिलास अधिकारीले अनिल श्रेष्ठको १० वटा रचनामा केन्द्रित भई तिनको विवेचना गरिएको छ। जसमध्ये आठवटा कविता केन्द्रित र एक-एकवटा निबन्ध र कथासँग सम्बन्धित समीक्षा रहेको छ।

    कार्यक्रममा साहित्यकार अनिल श्रेष्ठ, छन्दवादी कवि कृष्णप्रसाद पोख्रेल, पत्रकार रोहिणी प्रसाद त्रिपाठी, शिक्षक शंकर सिलवाल एवं तेज विलास अधिकारीले संयुक्त रूपमा पुस्तक विमोचन गरिएको थियो।

    सार्वजनिकरण पछि कवि कृष्णप्रसाद पोखरेलले साहित्यकार द्वय अनिल श्रेष्ठ तथा तेजविलास अधिकारीको बारेमा कवितात्मक शैलीमा आफ्नो प्रस्तुति दिनुका साथै मर्स्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुल मुग्लिनका प्रअ दिपक श्रेष्ठले कृतिका वारे सार समीक्षा प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा स्रष्टा अनिल श्रेष्ठ लगायत स्थानीय प्रबुद्ध व्यक्तिहरूको भव्य उपस्तिथि रहेको थियो । सो कार्यक्रम विचार चौतारी इच्छाकामनाका संयोजक टङ्कप्रसाद त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको थियो ।