

२ महिना पहिले
कार्तिक-१०, साताको कारोबारको दोश्रो दिन सोमबार पनि सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज दुई हजार रुपैयाँले घटेर २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला २९८० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५ हजार ६ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २५५५ रुपैयाँ कायम भएको छ ।