

७ घण्टा पहिले
कार्तिक-९, नेपाली बजारमा आइतबार एकैदिन सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ ।
आइतबार छापावाल सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेर २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तिहार बिदाअघि कात्तिक ३ गते छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेर ३ हजार १५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । यसअघि कात्तिक ३ गते चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।