१५ घण्टा पहिले
मुग्लिन-चितवनकै नमुना सहकारीका रूपमा रहेको इच्छाकामना-५, मुग्लिनमा अवस्थित मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं साधारण सभा असोज २५ गते शनिबार हुने भएको छ।
संस्थाका व्यवस्थापक कुमार श्रेष्ठले दिएको जानकारी अनुसार संचालक समितिको बैठकको निर्णय अनुसार २५ औं बार्षिक साधारण सभामा विभिन्न विषयहरुमा छलफल गरी निर्णय गर्नको लागि थकाली सेवा समितिको भवन मुग्लिनमा असोज २५ गते शनिबार दिनको ठिक १:०० बजेबाट हुनेछ ।
व्यवस्थापक श्रेष्ठले साधारण सभाको अवसरमा सम्पूर्ण संस्थाका शेयर सदस्यहरुलाई छलफल र निर्णय गर्न तोकिएको समयमा अनिवार्य उपस्थितिको लागि समेत अनुरोध गर्नुभएको छ।