× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आज बडादसैँको मुख्य दिन, मान्यजनको हातबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाइँदै

    २ दिन पहिले

    असोज -१६, विजया दशमी अर्थात् दुर्गापक्षको आज मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाई आशीर्वाद लिइन्छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको टीकाको साइत आज बिहान ११ः५३ बजे रहेको जनाएकाे छ । टीका लगाइमाग्ने पूर्व फर्केर लगाउनुपर्ने छ ।

    समितिका अनुसार आज देवी बिसर्जन गर्ने शुभसाइत बिहान ९ः२३ बजे रहेको छ । आज बिहीबार विजया दशमीको दिन बिहानै देवी बिसर्जन गरी मान्यजनहरूबाट टीका र जमरा ग्रहण गर्ने परम्परा छ ।

    आजै अपराह्न १२:१९ बजे श्री तुलाजात्रा यात्रा सुरु हुने जानकारीसमेत समितिले दिएको छ । साथै, अपराह्न १ः४९ बजे स्थिरासन दिवस मनाइने र खड्ग जात्रासमेत सञ्चालन हुने उल्लेख गरिएको छ ।