× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चेपाङ जातिको मुख्य पर्व न्वागीको अवसरमा चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा हुने

    १८ भाद्र २०८२, बिहीबार

    १८ भाद्र २०८२, बिहीबार

    भदौ-१९, बागमती प्रदेश सरकारले चेपाङ जातिको मुख्य पर्व न्वागी अर्थात् छोनाम पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ।

    प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै आगामी आइतबार २२ भदौमा मकवानपुरसहित चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

    बागमती प्रदेश राजपत्रमा यसअघि प्रकाशित निर्णयअनुसार नै छोनाम पर्वमा चेपाङ समुदायको बाहुल्य रहेका प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ।