× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामना गाउँपालिकाको उपाध्यक्ष माया सिलवाल ३१ प्रेरणादायक महिला जनप्रतिनिधिको रुपमा छनौट, आइकन बन्नको लागि प्रतिस्पर्धा

    १ हप्ता पहिले

    भदौ-१७, शी लिड्स आइकन’ (SHE LEADS ICON ), कल्प इम्पावर वेमेन नेपालको राजनीतिमा महिला परियोजना अन्तर्गत देशभरका स्थानीय तह मध्ये ३१ प्रेरणादायी महिला जनप्रतिनिधि छनोटको क्रममा इच्छाकामना गाउँपालिका की उपाध्यक्ष माया सिलवाल पनि पर्ने सफल भएका छन्।

    स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरु (प्रमुख/उपप्रमुख) सुकर्मलाई संचार गर्ने हेतुले आयोजना गरिएको यो दोस्रो संस्करणको कार्यक्रम हो।

    आयोजकका अनुसार यस संस्करणमा कुल १३१ वटा आवेदन प्राप्त भएका थियो त्यस मध्ये प्रकिया पूरा भएका १११ आवेदन रहेको थियो, प्राप्त १११ आवेदनमध्ये कोशी प्रदेशबाट २० (प्रमुख/अध्यक्ष २, उपप्रमुख/उपाध्यक्ष १८), मधेश प्रदेशबाट १२ (प्रमुख/अध्यक्ष ३, उपप्रमुख/उपाध्यक्ष ९), बागमती प्रदेशबाट १७ (प्रमुख/अध्यक्ष २, उपप्रमुख/उपाध्यक्ष १५), गण्डकी प्रदेशबाट १६ (प्रमुख/अध्यक्ष १, उपप्रमुख/उपाध्यक्ष १५), लुम्बिनी प्रदेशबाट १६ (उपप्रमुख/उपाध्यक्ष १६), कर्णाली प्रदेशबाट १२ (प्रमुख/अध्यक्ष १, उपप्रमुख/उपाध्यक्ष ११) र सुदूरपश्चिम प्रदेशबाट १६ (प्रमुख/अध्यक्ष १, उपप्रमुख/उपाध्यक्ष १५) आवेदन रहेको छ, यसमध्ये प्रमुख/अध्यक्षको कुल संख्या १० र उपप्रमुख/उपाध्यक्षको कुल संख्या १०१ रहेको छ।

    १११ जना महिला जनप्रतिनिधिको आवेदनबाट वरिष्ठ राजनीतिज्ञ तथा प्रथम महिला मुख्य मन्त्रि अष्टलक्ष्मी शाक्य, सञ्चार तथा ब्रान्ड रणनीतिज्ञ चारु चडड़ा र लैंगिकता र समानता विशेषज्ञ सरु जोशी सहितको निर्णायक मण्डलले कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट ५ , बागमती प्रदेशबाट ५ , गण्डकी प्रदेशबाट ४ ,लुम्बिनी प्रदेशबाट ४ , कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिमबाट ५ जना गरी जम्मा ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधिहरु छनोट गर्नु भएको छ।

    जनप्रतिनिधि बनेपछि महिला लक्षित र बालमैत्री नीति र कार्यक्रम, सहभागी योजना निर्माणको असल अभ्यास, डिजिटल सेवा प्रवाह, कृषि र स्वास्थ्य क्षेत्रमा प्रविधिको उपयोग, “एक घर, एक धारा अभियान, विद्यालयमा आइसिटि प्रवर्द्धन, महिला-मैत्री स्वास्थ्य सेवा, निःशुल्क औषधि वितरण, महिला उधमि व्यावसायिक तालिम र सहुलियत ऋणमार्फत युवा उद्यमशीलता प्रवर्द्धनजस्ता महत्वपूर्ण कार्य गर्नुभएको छ।

    उहाँको नेतृत्वमा सिमान्तकृत चेपाङ आबासको पनि निर्माण भएको, सुत्केरी महिलाहरू लाई एम्बुलेसको निशुल्क ब्यबस्था गरिएको, इच्छाकामना गाउँपालिका पारदर्शी, प्रविधिमैत्री र विकासमुखी बन्ने दिशामा अगाडि बढेको कारण इच्छाकामना गाउँपालिकाकी उपाध्यक्ष माया सिलवाल उत्कृष्ट ३१ मा पर्न सफल भएको आयोजकले बताए। उपाध्यक्ष सिलवाल को भोटिङ कोड २१ रहेको छ।

    आयोजक संस्था कल्पकि अध्यक्ष पुजा कोइरालाका अनुसार छनोट हुनु भएको ३१ महिला जनप्रतिनिधिलाई जनमतका निम्ति प्रस्तुत गरिनेछ भने भाद्र १६ गते एक दिने तालिम, १७ गते संचारकर्मी तथा पत्रकार संग भेटघाट कार्यक्रम र ३१ प्रेरणादायी महिला जनप्रतिनिधिहरुको सुकर्मलाई संचार गर्न कथा, डकुमेन्ट्री, अन्तर्वार्ता तथा अन्य विधि प्रयोग गरिनेछ साथै पुष १८,१९ र २० गते काठमाडौंमा महिला जनप्रतिनिधिको उत्सव आयोजना गरि प्रस्तुत गर्दै पुष २२ गते अवार्ड समारोह आयोजना गरि ३१ जना मध्येबाट ७ जनालाई आइकन घोषणा गरिने जानकारी दिनु भयो ।आइकन छनोट जनमत, ग्राउन्ड रिपोर्ट र निर्णायक मण्डलको अन्तर्वार्ता माध्यमबाट गरिनेछ।