× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नागढुंगा सुरुङमार्गमा सवारी चलाउन तोकियो शुल्क, भित्रिंदा र बाहिरिंदा फरक

    १२ घण्टा पहिले

    साउन-२९, सरकारले नागढुंगा-नौबिसे सुरुङमार्गमा संचालन हुने सवारीसाधनका लागि लाग्ने टोल शुल्क तोकेको छ। साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सुरुङमार्गको टोल शुल्क निर्धारण गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

    सञ्चार तथा सूचना प्रावाधमन्त्रा गुरुङका अनुसार कार, जीप, पिकअप, ट्याक्टर र माइक्रोबस काठमाडौं भित्रिंदा ६५ र बाहिरिंदा ६० रुपैयाँ शुल्क तोकिएको छ।

    सडक बोर्डले कार, जीप, पिकअप, ट्याक्टर र माइक्रोबस काठमाडौं भित्रिंदा ७५ रुपैयाँ र बाहिरिंदा ५० रुपैयाँ टोल शुल्क लिने प्रस्ताव गरेको थियो।

    यस्तै मिनीबस, टिप्पर र मिनी ट्रकका लागि काठमाडौं भित्रिंदा ११५ रुपैयाँ र बाहिरिंदा ८० रुपैयाँ टोल शुल्क तोकिएको छ। सडक बोर्डले भित्रिंदा १२५ रुपैयाँ र बाहिरिंदा १०० रुपैयाँ लिन प्रस्ताव गरेको थियो।

    यस्तै बस र ट्रकका लागि भित्रिंदा २६० र बाहिरिंदा २०० रुपैयाँ शुल्क तोकिएको छ। बोर्डले भित्रिंदा २५० र बाहिरिंदा २०० रुपैयाँ टोल शुल्क लिने प्रस्ताव गरेको थियो।

    यसैगरी, हेभी सवारीको काठमाडौं भित्रिदा ५०० रुपैयाँ र बाहिरदा २०० रुपैयाँ टोल शुल्क लिने प्रस्ताव गरेको थियो। यसमा सरकारले काठमाडौं भित्रिदा ६०० र बाहिरिदा २५० रुपैयाँ शुल्क तोकेको छ।