× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    बागमती प्रदेशमा मुख्यमन्त्री बिरूद्ध अविश्वासकाे प्रस्तावकाे छिनोफानो आज हुने ।

    १२ घण्टा पहिले

    हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा दलका नेता समेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छिनाेफानाे हुने भएको छ । प्रदेशसभामा कांग्रेसको ३७ सांसद छन् । दलको नेता हुन १९ जना सांसदको समर्थन भए पुग्छ । कांग्रेस संसदीय दलका सचिवसमेत रहेका सांसद कृष्ण तामाङले १० बजेबाट अविश्वास प्रस्तावमाथिको प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

    ९ साउनमा हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको दलको कार्यालयमा २१ जना सांसदहरुले लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्तावमा इन्द्रबहादुर बानियाँलाई नयाँ दलको नेता चयन गर्न अनुरोध पनि गरिएको छ ।

    केन्द्रबाट खटिएका प्रतिनिधि केन्द्रीय सदस्य राजन केसी र प्रदेशका सांसदहरुबीच आन्तरिक प्रक्रियालाई निश्कर्षमा पुर्‍याउन सोमबार दिनभर संवाद भएकाे थियो । आज बिहान १० बजे अघिसम्म सहमतिको प्रयास खोजिने र सहमति हुन नसके अविश्वास प्रस्तावलाई मतविभाजनबाट टुंगो लगाउने सहमति भएको छ ।

    प्रदेशसभामा कांग्रेसको ३७ सांसद छन् । दलको नेता हुन १९ जना सांसदको समर्थन भए पुग्छ ।