× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुदै, इन्द्रबहादुर बानियाँकाे प्रबल सम्भावना ।

    १३ घण्टा पहिले

    काठमाडौँ— बागमती प्रदेश सरकारमा नेतृत्व परिवर्तनको सम्भावना प्रबल बनेको छ। हालका मुख्यमन्त्री बहादुरसिंह लामाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ नेतृत्वका लागि इन्द्रबहादुर बानियाँलाई अघि सार्ने तयारीमा पुगेको स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार बजेट पारित भए लगत्तै मुख्यमन्त्री सहित मन्त्रीहरूको पूरै टिम फेरबदल गर्दै बानियाँको नेतृत्वमा नयाँ सरकार गठन गरिनेछ। देउवा निकट नेताहरूले लामाको प्रदर्शन कमजोर रहँदा प्रदेशमा पार्टीको छवि धुमिल भएको निष्कर्ष निकालेका छन्। यससंगै प्रदेशको आगामी मुख्यमन्त्री बानियाँ हुने सम्भावना चुलिएको हो ।

    इमानदार, अनुभवी र लोकप्रिय नेता मानिने उनले पछिल्लो समय संगठन विस्तार र जनसम्पर्कमा उल्लेखनीय भूमिका खेलेका छन्। बागमती प्रदेशको नेतृत्व सम्हाल्न आएका बानियाँले पार्टीको अवस्थालाई नयाँ मोड दिए । उनको नेतृत्वमा कांग्रेस बागमती प्रदेशमा २५ प्रतिशत मतबाट बढेर ४९ प्रतिशतमा पुगेको तथ्यलाई देउवा समूहले सकारात्मक रूपमा लिएको छ।

    उनी जत्तिको जनप्रिय नेतामाथि यसअघि प्रतिनिधिसभा निर्वाचनताका लगाइएको आरोप प्रमाणहीन सावित पनि भएको थियो, जसले उनको छवि झनै सुदृढ बनाएको छ।

    असार १ गते प्रदेश सरकारको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री कुन्दन काफ्लेले पहिरो नियन्त्रण, पदमार्ग निर्माण लगायतका योजनामा अत्यधिक बजेट छुट्याएपछि कांग्रेसभित्र असन्तोष चुलिएको छ। यस्ता योजनामा कमिसनको चलखेल भएको आरोप लाग्दै आएको छ, जसले ‘टंकी बजेट’को संज्ञा पाएको छ।

    स्रोतका अनुसार, नेतृत्व परिवर्तन कांग्रेसमा मात्र सीमित नरही अन्य सत्ता साझेदार दलहरूमा पनि असर पार्नेछ। एमालेभित्र पनि मन्त्रिपरिषद् पुनर्संरचनाको चर्चा सुरु भइसकेको छ।

    श्राेतः हिमालयपाेष्ट