

२४ असार २०८२, बुधबार
मुग्लिन-तनहुँको आँबुखैरेनी सब स्टेसन नजिक मुग्लिङ फिडर र छिम्केश्वरी फिडर अन्तर्गतका क्षेत्रमा तीन दिनसम्म विद्युत सेवा आंशिक रूपमा अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरण, गोरखा वितरण केन्द्र गोरखाले दिएको जानकारी अनुसार तनहुँको आँबुखैरेनी सब स्टेसन नजिक मुग्लिङ फिडर र छिम्केश्वरी फिडरमा रहेको पोलहरुमा नयाँ फिडर थप गर्ने कार्य गर्नुपर्ने भएकोले आँबुखैरेनी बजारको पृथ्वी राजमार्ग क्षेत्र, इच्छाकामना गाउँपालिकाको मुग्लिन बजार, जलबिरे, कुरिनटार, कुरिनघाट, चुम्लिङटार, , फिस्लिङ, इच्छाकामना मन्दिर आसपास, र मोवाखोला सम्म र गोरखा जिल्ला अन्तर्गत बुटार, मकैसिङ, घैरुङ, भुम्लिचोकमा असार २६ देखि २८ गते ३ दिनसम्म बिहान ६:०० बजेदेखि ११:०० बजेसम्म दैनिक पाँच घण्टा विद्युत सेवा अवरुद्ध हुने जनाइएको छ ।
प्राधिकरणका अनुसार निर्धारित कार्य तोकिएको समय अगावै सम्पन्न भएमा विद्युत सेवा सुचारु हुने तथा मौसम प्रतिकुलल भएमा निर्धारित कार्यक्रम नहुने समेत जनाइएको छ।
