

८ महिना पहिले
मुग्लिन- मुग्लिन फिडर अन्तर्गत इच्छाकामना गाउँपालिकाको रमाइलो डाँडादेखि फिस्लिङ र गोर्खाको गण्डकी गाउँपालिकाको केही क्षेत्रमा तीन दिनसम्म आंशिक रुपमा विद्युत अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्र चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिकाको रमाइलो डाँडादेखि कुरिनटार, चुम्लिङटार, मोवाखोलासम्म र इच्छाकामना मन्दिर, गोरखाको मकैसिंह, भुम्लीचोक तथा सो आसपासका क्षेत्रमा ११ केभी प्रसारण लाइनको स्तरोन्नति गरी नयाँ फिडर बनाउने कार्यको लागि विद्युतीय संरचनाहरू निर्माण गर्नुपर्ने भएकोले मिति २०८२ असार २० गतेदेखि असार २२ गते ३ दिनसम्म बिहान ७:०० बजेदेखि बेलुका ५:०० बजेसम्म दैनिक १० घण्टा विद्युत सेवा अवरुद्ध हुने जनाइएको छ।
प्राधिकरणले जारी गरेको सूचना अनुसार निर्धारित कार्य तोकिएको समय अगावै सम्पन्न भएमा विद्युत सेवा छिटो सुचारु हुने समेत जनाइएको छ।
