× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन ।

    १८ घण्टा पहिले

    चितवन, जेठ ३१-

    चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाको निधन भएको छ । उहाँ आज बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिनुभएको हो । बिहान सात बजे उठेर बाथरुम जानुभएका पिया आठ बजे सुत्ने कोठाको भुईमा मृत अवस्थामा भेटिनुभएको थियो । चितवन जिल्ला क्रिकेट संघका सचिव सुरज ज्ञवालीका अनुसार पियालाई सुगरको समस्या थियो। आमा र भाई भारतमा रहेको र आउने क्रममा रहनुभएकाले पियाको अन्त्येष्टि भोलि गर्ने तयारी गरिएको छ।

    २०३४ सालमा जन्मिनुभएका पिया २०८० सालको साउन २३ गते चितवनमा भएको अधिवेशनबाट चितवन क्रिकेट संघको अध्यक्षमा निर्वाचित हुनुभएको थियो। यस अघि सदस्य, उपाध्यक्ष र कार्यवाहक अध्यक्षको भूमिकामा पनि कार्यरत रहनुभएका पिया नेपालको क्रिकेटको विकासमा सक्रिय हुनुहुन्थ्यो । उहाँका श्रीमती, छोराछोरी, भाई र आमा हुनुहुन्छ ।

    चितवन जिल्ला क्रिकेट संघका अध्यक्षको रुपमा पियाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तयारी र विभिन्न क्रिकेट प्रतियोगिताहरुको आयोजना गर्दै ग्रासरुट क्रिकेटको विकासमा योगदान पुर्‍याउनुभएको छ । उहाँले राष्ट्रिय खेलाडि सन्दीप लामिछानेलाई सम्मान गर्दै चितवनको खेलकुद क्षेत्रको विकासमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । सन्दिपलाई राष्ट्रिय खेलाडि बनाउन समेत पियाको योगदान छ । चितवन क्रिकेट परिवारका लागि यो अपूरणीय क्षति पुगेको चितवन क्रिकेट संघका सल्लाहाकार यज्ञ विलास (वाइबी) पौडेलले बताउनुभयो । उहाँले खेलकुदको विकासमा पियाको योगदान चितवनले संधै सम्झिरहने  बताउनुभयो ।

    स्राेतः नारायणीअनलाइन