× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    गर्मी बढेपछि चितवनका दुई पालिकामा विद्यालय बन्द

    १ महिना पहिले

    जेठ-२७, गर्मी बढेपछि चितवनका २ पालिकाले विद्यालय विदा दिएका छन् । अत्याधिक गर्मीले साना साना बालबालिका बढी प्रभावित भएको भन्दै जिल्लाका भरतपुर महानगरपालिका र रत्ननगरका विद्यालयहरु बन्द गराएका हुन् ।

    भरतपुर महानगरपालिकाले भोलि बुधबारदेखि लागू हुने गरी ३० गते शुक्रबारसम्म तीन दिन विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिनुभयो ।

    महानगरले यस अविधमा आफ्ना बालबालिकाहरुलाई दिउँसो घाममा हिँडडुल गर्न नदिन, नदी–पोखरीहरुमा पौडी खेल्ने, माछा मार्ने जस्ता कार्यमा संलग्न हुन नदिन आवश्यक सावधानी अपनाउन सबै अभिभावकहरुम अनुरोध समेत गरेको छ ।

    त्यसैगरि रत्ननगर पालिकाले अत्यधिक बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्य र सिकाइमा परेको असरलाई मध्यनजर गर्दै भोली (बुधवार) एक दिन नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरूमा बिदाकाे घोषणा गरेको छ।

    नगरपालिकाले जारी गरेको सूचना अनुसार यो बिदा वर्षे बिदाबाट कट्टा हुनेछ । नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेले सम्पूर्ण विद्यालयहरूलाई यो निर्णय कार्यान्वयन गर्न अनुरोध गरेका छन् ।