× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भोलि देखि देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्द हुने

    १ दिन पहिले

    जेठ-१८, सार्वजनिक यातायात व्यवसायीहरूले सोमबार (जेठ १९) देखि देशभर अनिश्चितकालीन रूपमा सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेका छन्।

    ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को नेतृत्वमा लिइएको आन्दोलनको दोस्रो चरण अन्तर्गत सार्वजनिक यातायात गाडीहरू ग्यारेजमै राख्ने निर्णय भएको हो।

    नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार सरकारले राइड सेयरिङलाई वैधानिकता दिन थालेपछि व्यवसायीहरू आन्दोलित भएका हुन्। आन्दोलनको पहिलो चरणमा कालो झण्डासहित विरोध र्‍याली गरिएको थियो भने अबको चरणमा सिधा सवारी बन्दको घोषणा गरिएको हो।