× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इटाभट्टामा ज्युँदै हालेर हत्या गरेको अभियोगमा जन्मकैद सजाय पाएका आलमलाई उच्च अदालतको सफाइ

    १ दिन पहिले

    जेठ-१४, बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोपमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालतले सफाइ दिएको छ ।

    उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै सफाइ दिएको हो ।

    २०८१ वैशाख १३ गते न्यायाधीश रौतहट अदालतका न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो ।

    पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँचजनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए ।

    सो मुद्दामा आलम ०७६ असोजमा पक्राउ परेका थिए ।त्यसबेला आलमका भाइ मोहम्मद मोहताब आलम, सेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाइएको थियो । सहनी इँटाभट्टाका मुनसी थिए ।