१२ घण्टा पहिले
बैशाख-२०, नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्ड आउँदो वैशाख २२ गतेदेखि १० दिन आंशिक रुपमा बन्द हुने भएको छ ।मर्मतका लागि पर्सि सोमवारदेखि वैशाख मसान्तसम्म १० दिन राति ११ देखि बिहान ३ बजेसम्म गाडी चलाउन रोकिने नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।
काठमाण्डौबाट छुटेका गाडीलाई नागढुङ्गा चेकपोस्टमा तथा काठमाण्डौ भित्रिनेलाई खत्रीपौवा पुलमा रोकिने सूचनामा उल्लेख छ । रोकिएका गाडीलाई बिहान ३ बजेपछि मात्रै जान दिइनेछ ।
काठमाण्डौबाट छुटेका गाडीलाई नागढुङ्गा चेकपोस्टमा तथा काठमाण्डौ भित्रिनेलाई खत्रीपौवा पुलमा रोकिने सूचनामा उल्लेख छ । रोकिएका गाडीलाई बिहान ३ बजेपछि मात्रै जान दिइनेछ ।
सडक खण्ड बन्द हुँदा साना तथा मझौला गाडीका लागि वैकल्पिक मार्गको समेत व्यवस्था गरिएको छ ।यो बेला सितापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडक तथा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न भनिएको छ ।