× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन फिडर अन्तर्गतका क्षेत्रमा एक साता आंशिक रूपमा विद्युत अवरुद्ध हुने !

    १ वर्ष पहिले

    मुग्लिन-तनहुँको आँबुखैरेनी बजार क्षेत्रको मुग्लिन फिडरमा सात दिनसम्म आंशिक रुपमा विद्युत अवरुद्ध हुने भएको छ।

    नेपाल विद्युत प्राधिकरण, गोरखा वितरण केन्द्र गोरखाले दिएको जानकारी अनुसार आँबुखैरेनी बजार क्षेत्रको मुग्लिन फिडरमा कन्डक्टर अपग्रेड कार्य गर्नुपर्ने भएकोले चैत्र ५ गतेदेखि चैत्र ११ गतेसम्म बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म आँबुखैरेनी बजारको पृथ्वी राजमार्ग आसपासको क्षेत्र, चितवनको मुग्लिन बजार आसपासको क्षेत्र, कुरिनटारको आसपासको क्षेत्र, इच्छाकामना -६, फिस्लिङ बजार र गोरखाको मकैसिंह, भूम्लिचोक क्षेत्रमा एक हप्ता आंशिक रुपमा विद्युत सेवा अवरुद्ध हुने जनाइएको छ।

    प्राधिकरणले जारी गरेको सूचना अनुसार सम्भव भएसम्म उक्त स्थानमा वैकल्पिक ११ केबि फिडरबाट विद्युत सुचारु गरिने छ र निर्धारित कार्य तोकिएको समय अगावै सम्पन्न भएमा विद्युत सेवा सुचारु हुने तथा मौसम प्रतिकुलल भएमा निर्धारित कार्यक्रम नहुने समेत जनाइएको छ।