× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मुग्लिन पोखरा सडकखण्ड रातीको समयमा पनि खुल्ला रहने

    २४ मंसिर २०८१, मंगलवार

    २४ मंसिर २०८१, मंगलवार

    मंसिर-२५, पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका १२ छिर्कने देउराली सडक खण्ड मा रातिको समयमा गरिएको अवरोध हटेको छ।

    मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको छ।

    गत मंसिर ३ देखि २३ गतेसम्म राति ११:०० देखि बिहान ४:३० बजेसम्म सडक बन्द गरी काम गरिएकोमा अर्को सूचना प्राप्त नहुन्जेलसम्मका लागि बाटो खुल्ला गरी सवारी आवागमन सञ्चालन गरिएको जनाइएको छ।

    रातिको समयमा गरिँदै आएको काम हाललाई रोकिएको छ। अब उक्त सडकमा राति पनि सवारी साधन सञ्चालनमा आउनेछन्।