९ महिना पहिले
काठमाडौं । भारतमा प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । उनको गए राति बुधबार मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो ।
टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएका छन् ।
रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । उनलाई भारत सरकारले प्रतिष्ठित पद्म विभूषणबाट सम्मानसमेत गरेको थियो ।