

१३ भाद्र २०८१, शुक्रबार
भदौ-१४, चितवन जिल्लाको इच्छाकामना र गोरखाको भूम्लिचोक तथा गोर्दी क्षेत्रमा भदौ १५ गते शनिबार विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण शाखाले हाईवे समाचारलाई दिएको जानकारी अनुसार ११ के.भि प्रसारण लाईनको स्तरोन्नति कार्यको लागि विधुतीय कन्डक्टर अपग्रेडिङ गर्न १० घण्टा विधुत सेवा अबरुद्ध हुने भएको हो।
प्राधिकरणले दिएको जानकारी अनुसार अनुसार इच्छाकामना गाउँपालिकाको कुरिनघाटदेखि मोवाखोला तथा गोरखाको गोर्दी र भुम्लीचोकमा बिहान ८:०० बजे देखि बेलुकी ६:०० बजेसम्म विद्युत सेवा अबरुद्ध हुनेछ।
त्यसैगरी, सब स्टेसन मर्मतको लागि मुग्लिन बजार वरपर भने भने बिहान ८:०० बजे देखि ११:०० बजेसम्म ३ घण्टा विद्युत सेवा अबरुद्ध हुने फ्युज शाखा मुग्लिनका प्रमुख शेषमणी अधिकारीले बताए ।
तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत सेवा पनि अगावै सुचारु हुने प्रधिकरणले जनाएको छ।
